मिडिया संवाद: रामशरण कार्की

देशको भु–वनोट र क्रयशक्तिले गर्दा नेपालमा रेडियो अधिकाँशतः मुल आम–संचारमाध्यम भैरहेको प्रसंगमा यसपल्टको मिडिया सम्वादमा हामीले नेपालको रेडियो प्रविधिमा लामो समयदेखि तल्लीन एक दक्ष प्राविधिक विशेषज्ञलाइ प्रस्तुत गरेका छौँ । उहाँ हुनुहुन्छ रामशरण कार्की जो पेशाले यसै क्षेत्रका इन्जिनियर पनि हुनुहुन्छ र हाल युएन रेडियोमा कार्यरत रही लाइवेरियामा हुनुहुन्छ । ४० बर्षदेखि प्रसारण आमसंचारका क्षेत्रमा कृयाशिल कार्कीले राज्य नियन्त्रित प्रसारण आम–संचारमाध्यम रेडियो नेपालको कार्यकारी निर्देशकका रुपमा समेत काम गरिसक्नुभएको छ । मृदुभाषी, सहयोगी अनुभवी र मेहनेती स्वभावका कार्कीसंग मिडियामञ्चका लागि उपेन्द्र अर्यालले गर्नुभएको कुराकानी यस पटकको मिडियासम्वादमाः 

  • संचार क्षेत्र, प्रविधी र त्यसको बिषयबस्तुमा जुन परिवर्तन आयो, त्यो देख्दा समयलाई आत्मसाथ गर्न हामीलाई धौधौ परिरहेको छ ।
  • मैले आफ्नो ब्यवस्थापन पक्ष संचार मन्त्रालयमा भन्दाखेरी वहाँहरुले धेरैचोटी अहिले नेपालमा एफएम जरुरत छैन, योजना मै छैन भनेर टाल्नुभयो ।
  • २०५२ सालमा धेरै कन्भिन्स गरेपछि हामीले नेपालमा स्टेरियो एफएमलाई प्रवेश गराउन सक्यौँ जुन ठुलो फड्को हो ।
  • नेपालमा अबका धेरैबर्षसम्म एफएम मुलधारको रेडियाको रुपमा रहन्छ किनकी अहिले युरोपमा पनि एफएम फेजआउट भएको छैन
  • नेपालमा रेडियो, अँझ निजी र सामुदायिक रेडियोहरुले गरेको विकास देख्दा म असाध्यै सन्तुष्ट छु र वहाँहरु सबैलाई बधाईको पात्र भन्छु ।   कुराकानीको बाँकी अंश:

Blog Posts

प्रेस मजदुर काममा फर्केपछि वन्द पत्रिका संचालनमा

Posted by Bharat Koirala on May 17, 2013 at 1:30pm 0 Comments

प्रेस मजदुरको आन्दोलनका कारण सातदिनदेखि वन्द पोखरावाट प्रकाशित दैनिक तथा साप्ताहिक पत्रिका वुधवार संचालनमा आएका छन् । प्रेस मजदुर र व्यवसायीवीच १४ बुँदे सहमति वनेपछि वुधवार विहानदेखि यहाँका दश दैनिक र केही साप्ताहिक पत्रिका संचालनमा आएका हुन् । प्रेस मजदुरको आन्दोलनका कारण यहाँका दैनिक तथा साप्ताहिक पत्रिका वैशाख २५ गतेदेखि प्रकाशन हुन सकेका थिएनन् ।

मुद्रण उद्योग संघ कास्की र अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ कास्कीका प्रतिनिधिवीच सहमति वनेपछि वुधवारदेखि ती पत्रिका…

Continue

पत्रकारिता र ‘म पनि पत्रकार’

Posted by Prashanna Pokharel on May 17, 2013 at 9:30am 1 Comment

‘तिमीहरु १० दिने तालिमे पत्रकार हौ, फुर्ति नदिए हुन्छ...... जाबो दुईपाने पत्रिकामा लेख्छौ । ओइ कहाँ कहाँ जान्छ यो पत्रिका? अनि कसलाई सोधेर लेखेको यो समाचार ! त्यो दुईपाने पत्रिका निस्कन थालेको १५ औ बर्ष पुगिसक्यो । खै डेग चल्न सकेको छैन !' करिब साढे एक बर्ष अघि फोनमा समाचार लेखे बापत बक्सिस् र धन्यबाद सहितको फोनको एक अंश हो यो । एकजना गोर्खाका बैंकमा काम गर्नेले बैंक बिरुद्ध समाचार प्रकाशित भएको भन्दै यस्तो धम्कीपूर्ण भाषामा फोन गरेका थिए…

Continue

पोखराका अधिकांश दैनिक एक सातादेखि बन्द

Posted by Bharat Koirala on May 13, 2013 at 8:00pm 0 Comments

प्रकाशनका लागि मानवअधिकारकर्मीद्वारा पहल

मजदुर आन्दोलनका कारण छ दिनदेखि बन्द भएका पोखराबाट प्रकाशित हुने द्रैनिक पत्रिकाको समस्या समाधानको लागि पोखराका मानवअधिकारकर्मीले पहल गर्ने भएको छ । पत्रिका बन्दप्रति पोखराका मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण भएको जनाउदै ०७० वैशाख ३० गते आन्दोलनरत मजदुरहरुसँग छलफल गरेको छ । शान्तिका लागि नागरिक समाजको सञ्जाल, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल सहितको टोलीले अखिल नेपाल…

Continue

कार्की प्रकरण: अस्थिर राजनीतिको परिणाम

Posted by chiranjibi maskey on May 10, 2013 at 5:30pm 0 Comments

अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिले मुलुकमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । उच्च स्तरीय राजनीतिक संयन्त्र, संवैधानिक परिषद हुदै राष्ट्रपतिले बुधवार सवेरै कार्कीलाई अख्तियार प्रमुखमा सपथ खुवाए पछि मुलुकमा नयाँ बहसको सुरुवात भएको छ । यो बहसमा संस्था र ब्यक्तिलाई आरोपीत गर्ने नयाँ तर नीचतप प्रकृया समेत सुरु भएको छ । जुन प्रकृयामा मिडिया समेत तानिएका छन् । पत्रकारिताका केहि आधारभूत सिद्धान्त समेत पिल्सिएको छ कार्की प्रकरणमा ।

कति शक्तिशाली यी कार्की दुई ठूला मिडिया हाउसलाई…

Continue

Forum

यसरी बन्द छन पत्रिकाहरु

Started by megraj khadka in Media Freedom Dec 14, 2012. 0 Replies

रुकुममा हिजोआज एउटा पनि दैनिक तथा साप्ताहिक पत्रिका नियमित प्रकासनमा छैनन् । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरु राष्ट्रिय संचारमाध्यममा आबद्ध छन । केहि बर्ष अगाडि दुईचार पत्रिका केहि समय निस्कीय तर निरन्तरता पाउन सकेनन् । रुकुममा मिडिया लगानीकर्ताको आबश्यकता भएको जस्तो मलाई अनुभब भएको छ ।Continue

के पत्रकारिता माथ्यु आनोल्डले भनेजस्तो हतारमा लेखिएको साहित्य हो ? वा फिलिप ग्राहमले भनेजस्तो इतिहासको पहिलो पाण्डुलिपि हो ????

Started by Binod Shahi in Media Freedom Dec 8, 2012. 0 Replies

के पत्रकारिता माथ्यु आनोल्डले भनेजस्तो हतारमा लेखिएको साहित्य हो ? वा फिलिप ग्राहमले भनेजस्तो इतिहासको पहिलो पाण्डुलिपि हो ????Continue

Sambad

Episode1-पत्रकार सुरक्षाको अवस्था र स्थिति ।


Episode2-नागरिक र मिडिया बिचको सम्बन्ध ।


Episode3- सेल्फ-सेन्सरसिप ।


Episode4- न्यूनतम पारिश्रमिक । 


Episode5- पत्रकारिताका नाममा हुने गलत अभ्यासहरु ।


Episode6-पत्रकार आचारसंहिता । 


Episode7- राजनिति र पत्रकारिता बिचको सम्बन्ध । 


Episode8- द्वन्द्व संवेदनशिल पत्रकारिता । 


Episode9-सामाजिक मिडिया/मुलधारका मिडिया सम्बन्ध । 


Episode10- मिडिया संचालनका आर्थिक श्रोतहरु । 


Events

 
 
 

Media Opportunities

                       +More Opportunities

मिडियासम्बन्धी समाचार

Photos

Loading…
  • Add Photos
  • View All

Media Attacks Follow-up

प्रतिक्रिया

मैले पत्रकारिताका सवालमा नयाँ नेपाल रेडियो कार्यक्रम मार्फत सुन्न पाएँ त्यसैले यो कार्यक्रम साह्रै राम्रो लाग्छ । मलाइ पत्रकार तथा आमसंचार र आम नागिरक विच सुमधुर सम्बन्ध हुनुपर्छ जस्तो लाग्छ किनकी नागरिक र मिडिया एक अर्काका परिपुरक हुन ।
शुदर्शन पौडेल, कुमरावती-४ नवलपरासी ।
........................................................................

सरकारले पत्रकारको समस्यालाइ बुझेर उनीहरुको समस्या समाधान गर्नुपर्छ र सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ नत्र असुरक्षाका कारण पत्रकारले खास पत्रकारिता गर्नुको साटो यस पेशामा बिकृति भित्रिन सक्छ ।
नवराज अवस्थी, कालागौडी, नेपाल ।
........................................................................

पत्रकार पत्रकार भनेर मात्र पनि हुँदोरहेनछ । सबै पत्रकार एकै खाले हुँदैनन । कोहि पत्रकारहरु भ्रष्टचारीहरुको गुलामी गर्ने र आफुपनि भ्रष्टाचार गर्ने, सोझासाझा जनताहरुलाइ फसाउने, पैसाको लागि जे पनि गर्ने खालका हुन्छन् । तर महिला पत्रकारहरु भने त्यस्ता छैनन । उनीहरुलाइ यस पेशामा टिकाइराख्न सुरक्षाको प्रत्याभुति दिन जरुरी छ । एकेन्द्र बोहोरा, अछाम । ........................................................................

मलाइ नयाँ नेपाल रेडियो कार्यक्रम धेरै मनपर्छ त्यसैले नियमित सुन्नेगर्छु । पत्रकारिताको हकहित र क्षेत्राधिकारका साथै महिला पत्रकारले भोग्नुपरेका समस्याका बारेमा मैले यहि कार्यक्रमबाट धेरै जानकारी पाएँ । यस्तै सवालहरुमाथि निरन्तर बहस जारी रहोस् । किनकी पत्रकारिता के हो र यो किन भन्नेकुरा सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ ।
रोजिता जिएम, दाङ ।

                                                    तपाईंको विचार

अडियो प्रतिक्रिया

Badge

Loading…

TWITTER FEED

Media related reports

Loading…

© 2013   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service